गायिका सहिमा श्रेष्ठ र विक्रम रानाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l ‘मोटर सरर’ बोल रहेको गीतको भिडियोलाई गत बिहीबार डी-सिरिज युट्युब च्यानल बाट रिलिज गरिएको हो l अमर वन्तुको शब्द रचना रहेको यस गीतमा राजनराज सिवाकोटीको लय सिर्जना समावेश छ । भिडियोलाई सुव्रतराज आचार्यको निर्देशन गरेका हुन् l भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ ।गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।