अजय देवगनको आगामी चलचित्र ‘आरआरआर' अक्टोबर १३ मा रिलिजमा हुँदै छ । चलचित्रलाई एस.एस. राजामौलीले निर्देशन गरेका छन् l बहुप्रतिक्षित चलचित्रमा दर्शकको पहिलो नम्बरमा परेको यस चलचित्रको मोसन पोस्टर सार्वजनिक गरिएको छ l अजयलाई प्रस्तुत गरिएको सो पोस्टरमा उनको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो l सार्वजनिक पोस्टरमा अजय लडाकु अवतारमा देखिएका छन् ।  बलिउड अभिनेता अजय देवगनको जन्मदिनको अवसर पारेर सिनेमा ‘आरआरआर’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । अजयसँगै जूनियर एनटीआर, राम चरण र आलिया भट्टको चलचित्रमा अभिनय छ ।