केही समय अघि देखि नै नायिका निता ढुङ्गानाले वेब सिरिज `श्रीमद्भगवत गीता’ निर्माण गर्ने हल्ला सिने बजारमा चलेको थियो । हल्ला चले पनि सिरिजको औपचारिक घोषणा भने भएको थिएन । अब भने निताले सिरिज निर्माण गर्ने घोषणानै गरिसकेकी छिन्न । त्यो पनि हिजो काठमाडौँ स्थित शिल्पी थिएटरमा । साँगीतिक समूह चयन गर्दै प्रेसमिट्मा साँगीतिक सदस्यसँग औपचारिक रूपमा सम्झौता गरेकी हुन् । पुष्प प्रधानको स्वर र संगीत  समावेश रहने गीतको शब्द शीतल गिरिले कोर्ने छन् । सिरिजलाई निता फिल्मस्ले नै निर्माण गर्दै छ । कार्यक्रममा निताले आफू भगवानको भक्त रहेकाले मनैदेखि श्रीमतभगवत गीता बनाउने बत्ताएकी थिइन । सञ्जय लामाको छाँयाङकन ,बनिश साहाको सम्पादन र रामजि लामिछानेको कोरियोग्राफीमा सिरिज बन्ने छ ।