१२ बर्स अघि मार्मिक लामाको आवाजमा निकालिएको 'फूल बुट्टे सारी' अहिले आएर चर्चामा छ ।टीकटकबाट चर्चामा आएको यो गीत र यसको म्युजिक भिडियोले रिलिज भएको छोटो समयमै लाखौँ भ्युज बटुलेको छ ।चर्चामा आएसंगै यही गीतका लेखक तथा संगीतकार राजनराज सिवाकोटीले यसको केही भर्जन बजारमा निकाले । भर्जनलेनि बजारमा उतिकै चर्चा कमायो । लेजेन्डरी भर्सन अन्तर्गत हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका मिलन नेवार, गायक मार्मिक लामा, चाइल्ड भर्सनमा अरिष्मा सिवाकोटी साथै युगान्डाकी बियोन्से फामासी नामकी गायिकाले यो गीतमा आवाज दीसकेका छन् । फेरि पनि यही गीतको अर्को भर्जन निकालिएको छ । त्यो नि संस्कृतमा। संस्कृतको भर्जनमा  जागरण घिमिरेले आवाज दिएका छन् । भने गीतको अनुवाद चाहिँ के एन स्वामीले गरेका हुन् l गीतकाे संस्कृत भर्जनमा भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।