चैत्रमा केही चलचित्र प्रदर्शनमा आउने वालामा थिए l तर कोरोनाको दोश्रो लहरका कारण चलचित्र प्रदर्शनमा आउन सकेन l मुख्य कारण चलचित्र निर्माताहरुले जोखिम लीन चाहेनन् र रिलिज मितिलाई पोस्टपोण्ड गरे l चैत्रमा अब कुनै चलचित्र प्रदर्शनमा आउँदैन भनेर सोचिएको थियो l तर जोखिम मोल्दै सूर्य बोहराले चलचित्र "श्री" लाई प्रदर्शनमा ल्याउने भएका छन् l त्यो पनि चैत्रको २७ गते l  श्री निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै चलचित्र प्रदर्शनमा आउने बताएको हो l साथै चलचित्र सोही मितिमा नेपाली ओटीटी प्लेटफर्म ‘मोमो:म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा एकसाथ रिलिज हुने जनाकारी दिएको थियो । सविता गुरुङको निर्माण रहेको चलचित्रको कथा लेखनमा निर्देशक बोहराकै रहेको छ l कथा लेखनमा बोहोरालाइ साथ शिवं अधिकारीले दिएका छन् l  सन्दीप क्षेत्री, रवीन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, भोलाराज सापकोटा लगायतको चलचित्रमा अभिनय रहेको छ ।शेरबहादुर तामाङले छायांकन चलचित्रमा समावेश छ l