जेसन लोप्चनको निर्देशन रहेको चलचित्र ‘अनन्त’को छायांकन सुरु भइसकेको छ । भक्तपुर बाट छायांकन सुरु गरिएको चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवा र कर्मा मुख्य भूमिकामा छन् l लभ स्टोरी कथा बोकेको चलचित्रमा नव विजय श्रेष्ठको लगानी रहेको छ l सह–निर्माताको रूपमा रञ्जन ढुंगाना र शीतल खड्का छन् l साथै तेजबहादुर श्रेष्ठ र दीपेश राउत चलचित्रका सहायक निर्माता हुन् । २० दिन सम्मको सुटिङ सेड्युल तोके सँगै यो चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । ओस्कार कलेज पढेका उनले यही चलचित्र बाट निर्देशनमा डेव्यु गर्दै छन् । यी दुई कलाकारले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् । चलचित्रलाई बबिन दुलालले खिच्दै छन् l किपलया ब्यानरमा निर्माण भइरहेको चलचित्रमा रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर रूपमा रहेका छन् l ।