गायक किरण भुजेलको  ‘ऐँसेलुको काँडा’ सार्वजनिक भएको छ । गौडेले विश्वको शब्द र शंकर स्माइलीको लय सिर्जनामा गीत तयार भएको हो l गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन् l भिडियोमा सुधीर श्रेष्ठ र प्रिज्मा-प्रिन्सी खतिवडा, सुरेन्द्र बस्याल, डेमोन क्षेत्री र उषा उप्रेतीको अभिनय रहेको छ lभिडियोलाई र्‍यान कार्कीले निर्देशन गरेका हुन् l भने, छांयाकन बुद्ध थापा सम्पादन विष्णु खडकाको रहेको छ । ब्ल्याक ब्रोज इन्टर्टेन्ट्मेन्टको प्रस्तुतिमा रहेको भिडियोलाई यही नाममा रहेको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।