नवीन रावल, बादल थापा र स्मिता दाहालको स्वरमा ‘ओए–२’ रिलिज भएको छ । ‘ओए’को सफलतापछि 'ओए २' ‘फ्याट्टै’ को भिडियो बजारमा लेराइएको हो l गीतमा मिलन विष्टको शब्द तथा नवीन रावलको लय समावेश गरिएको छ । भिडियोमा त्रिपक्षीय प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुङ फिचर्ड छन् । भने भिडियोलाई राहुल शाहले निर्देशन गरेका छन् l साथै न्रित्य कोरीयोग्राफी पनि साहाकै रहेको छ l गीतका निर्माता मनोज बस्नेत हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन् ।