आर्टमाण्डुको भिडियो प्रडक्सनमा म्युजिक भिडियो "शिशिर वसन्त" सार्वजनिक भएको  छ l कर्णेश राजथलाको आवाजमा समावेश रहेको यो गीतले एक दुर्गम पहाडको नर्स र परिस्थिति बस बनेको एक विद्रोही बिचको सम्बन्धको कथा बोलेको छ l जसमा सन्दीप श्रेष्ठ र रोशनी कार्की नाम गरेका पात्रले आफ्नो भूमिका निभाएका छन् l हेम थापाले कोरेको शब्दले वसन्त÷शिशिरको प्रेमकै गहिराई लाई देखाउन खोजेको छ । l लय सिर्जना पनि यो गीतमा  थापाकै रहेको छ l संगीत संयोजन मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ्ग/ मास्टरिङ्ग कोविद बज्रको रहेको छ l मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ गरिएको गीतलाई निर्देशन÷सम्पादन नवीन भट्टले गरेका हुन् l गीतमा कलरिङ्ग चानस पुन मगरले गरेका हुन् ।भिडियोलाई आर्टमान्डुको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l