गायक कुशल गुरुगंको आवाज गीत "भुल गरेछु" बजारमा आएको छ l कुशलेले कोरेको गीतको शब्दमा संगीत तुला पर्वतले भरेका छन्। गीतको संगीत संयोजन महेश विक्रम पाण्डेको रहेको छ l निर्देशक तुला पर्वतले कलात्मक शैलीमा भिडियोको निर्देशन गरेका छन् । सार्वजनिक भिडियोमा कुशलले अभिनय गरेका छन् भने सो अभिनयमा शान्ति राईले साथ दिएकी छिन l मकाउमा छायाङ्कन गरिएको भिडियो निर्देशक स्वयमले खिचेका छन् भने उक्त भिडियोको सम्पादन पनि निर्देशककै जिम्मामा रहेको छ l