निर्देशकद्य सन्तोष सेनको निर्देशन रहेको 'प्रेम गीत ३' दर्शकको बहुप्रतिक्षित चलचित्र हो l यस चलचित्रमा मल्टिस्टारहरुको अभिनय रहेको छ l जसमा प्रदीप खड्का , शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत , क्रिस्टिना गुरुङ लगायत रहेका छन् l अब यही चलचित्रलाई भारतमा पनि सेनले प्रदर्शन गर्ने तयारी गरी रहेका छन् l मिहिनेतका साथ चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसुर नराखेको बताएका सेन हाल सोही चलचित्रको लागी मुम्बईस्थित ‘रियल टच स्टुडियो’मा पोस्ट प्रोडक्सनको काम गरी रहेका छन् l यती बेला चलचित्रको हिन्दी डबिङ र सम्पादनको काम सकिएको निर्देशक सेनले जानकारी गराएका छन् l गत वर्षको चैत २८ गते प्रदर्शन गर्ने घोषणा गरेता पनि  कोरोना महामारीको कारण चलचित्र प्रदर्शनमा ल्याइएको थिएन l यस वर्षको अन्त्यलाई प्रदर्शनको लागी फाइनल गरी सकेका निर्माण टिमले कोरोनाको दोश्रो लहरको हल्ला पछि यस पटक पनि चलचित्रलाई अनिश्चित कालको लागि कम्प्युटरमै थन्क्याउन बाध्य बनेका छन् |  यो चलचित्रलाई ‘डमरुको डन्डिबियो’ डेब्यू निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।