आँचल शर्मा र नीराजन प्रधानको अभिनयमा म्युजिक भिडियो "निलो कुर्ताले" रिलिज गरिएको छ l गायिका मेलिना राई र लोक पौडेलको सुमधुर आवाज रहेको गीतको शब्द तथा संगीत दीपक शर्माको रहेको छ l नरेन्द्र बीगोगीको संगीत सम्योजनमा तयार पारिएको गीतको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् l किशोर थापाको मिक्सिङ मास्टरिङ् गीतमा समावेश छ l   भिडियोको छायाङकन , सम्पादन साथै कलरिङ् उज्ज्वल जोशीले गरेका छन् l भिडियोलाई युट्युब च्यानल मिरा एन्टरटेन्मेन्ट बाट हेर्न सकिने छ l