क्याप्टेन बाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री उपासना सिंह ठकुरी अहिले सबैको रोजाइमा परेकी छिन् l एकाएक माग बढेपछि उनलाई ऐले भ्याइ नभ्याई छ l निर्माता बिग्यापन कर्ताको नजरमा त परेकी नै छिन् l यसो त ठुला ठुला कम्पनीले पनि ब्रान्ड एम्बेस्डर बनाउनका लागी उनको अघि पछि परी रहेका छन् l पछिल्लो पटक उनी एजुकेसन एन्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बेसेडरमा नियुक्त भइन l गत शुक्रवार एजुकेसन एन्ड माइग्रेसन कर्नरले एक शैक्षिक मेला कार्यक्रमको आयोजना गर्यो l शैक्षिक मेला कर्नरको पुतली सडक शंकरदेव कलेजसँगै रहेको कार्यालयमा आयोजना गरिएको थियो l
ब्रान्ड एम्बेस्डर रहेकी उपासनाले पनि त्यहाँ सहभागिता जनाएकी थिइन l उपासनालाई हेर्न आउनेको बाक्लो उपस्थिति रहेको थियो l अन्यत थिए नै झन् अहिले युवापुस्तामा क्रेज बटुलेकी उपासना त्यही माथि शिक्षाको कुरा गर्दै थिइन l विद्यार्थीको उपस्थिति नहुने त कुरै भएन l मेलामा सहभागी हुन आएका बिध्यार्थीहरूले उपासनासँग कलाकारिता र शिक्षाको बारेमा निकै छलफल गरेका थिए -‘ उहाँहरूसँगको भेटघाट मेरो पनि नयाँ अनुभव थियो । मेलामा आएका बिध्यार्थीहरू समक्ष उपासनाले विदेशमा पढेको शिक्षा र जानेको ज्ञानलाई नेपाल र नेपालीको हितमा लगाउन आग्रह गरेकी थिइन । उच्चशिक्षा हांसील गर्न विदेश जान चाहने बिध्यार्थीहरूसंगको छलफल फलदायी रह्यो -‘ उपासनाले भनिन् । मेला उच्चशिक्षा हांसील गर्न अस्ट्रेलिया, यु के र क्यानडा जान चाहने बिध्यार्थीहरूको हितका लागि आयोजना गरिएको थियो l कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए अनुसार मेलामा विभिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि विभिन्न बैंकका प्रतिनिधि र आइ डी पी आरका प्रतिनिधिहरूबाट भरपुर जानकारी प्राप्त गरेका थिए ।