भारतीय निर्देशक नीरज पाण्डे सँग सहकार्य गर्दै निर्देशक हेमराज बिसी र निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् l गत साता दुई पक्ष बिच सम्झौता भएको थियो l भने निर्देशक निरजले ‘एमएस धोनी’ ‘ट्वाइलेट एक प्रेमकथा’ ‘रुस्तम’, ‘अ वेनस्डे’ लगायत चर्चित चलचित्रहरू बनाइसकेका छन् l चलचित्रलाई हेमराज बिसीले नै निर्देशन गर्ने छन् l साथै कथा, पटकथा तथा संवाद बलिउड निर्माता तथा निर्देशक नीरज पाण्डेले नै तयार गर्नेछन् । उनले यसअघि एक मल्यालम चलचित्रका लागी पनि टिमअप गरेका छन् । नेपाल र भारतमा छायांकन हुने स्वस्तिमा खड्का र माओत्से गुरुङको अभिनय रहने चलचित्र चाँडै फ्लोरमा जाँदै छ । नाम नजुरेको नेपाली चलचित्र फ्राइडे फिल्मवर्क्स र अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । कलाकार र प्राविधिक टिमको टुंगो लागेपछि औपचारिक रूपमा जानकारी सार्वजनिक गर्ने निर्देशक बिसीले बताएका छन्l