चलचित्र "ए मेरो हजुर ४" को सिन बाहिरिएको कारण यती बेला निर्माण टिम तनावमा छन् l केही दीन अघि चलचित्र ग्राण्डी अस्पतालमा छायाङ्कन भएको थियो l अस्पतालको प्राङ्गण सुटको क्रममा रहेको उक्त भिडियोलाई खिचेर एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिक टकमा हाल्दिए पछि निर्माण टिम तनावमा आएको हो l हाल टिकटकमा हालेको उक्त क्लिप सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ l भिडियोमा अनमोल केसीको सिन छायाङ्कन भइरहेको छ l जसमा बिरामीले लाउने खालको निलो कपडा , छोटो कपाल र दुब्लो शरीरमा अनमोल देखिएका छन् l निर्माण टिम अनमोलले कपाल काटेपछिको लुक्स चलचित्र रिलिज अगाडि सार्वजनिक गर्ने सोचमा थिएन । बुझिए अनुसार सो सिन चलचित्रको क्लाइमेक्स सिन रहेको छ l सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतीक पौडेल र उपकार पाण्डे, झरना थापा र छेतेन गुरुङको पटकथा तथा संवाद छ ।चलचित्रमा वसन्त सापकोटा, आशिष् अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, सञ्जय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।