चलचित्र‘कबड्डी ४' को औपचारिक घोषणा केही समय अघीनै निर्देशक रामबाबु गुरुङले गरी सकेका छन् l 'दी फाइनल म्याच' अर्थात् अन्तिम सिक्वेल रहने यस चलचित्रमा दुई अभिनेत्री फाइनल भइसकेका छन् l नायिकाद्धय मिरुना मगर र गौमाया यात्री चलचित्रमा लक भएका हुन् l यी अभिनेत्री हाल चलचित्रको लागी वर्कसपको लागे तयारी गरी रहेका छन् l मिरुना अन्य चलचित्रमा काम गरी सकेकी छिन् भने उनको अभिनय प्रशंसा पनि बजारमा हुने गरेको छ l तर, गौमायाले भने चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् । उनले, आफ्नो भ्लगिङमार्फत नेपाली संकृती, भाषाको प्रवर्द्धन गर्दै आएकी छिन् । यी दुईको अलावा अन्य कलाकार भने पहिले सिक्वेलका नै हुने छन् l तर अभिनेत्री उपासना सिंह ठकुरी र रीश्मा गुरुङ चलचित्रमा हुने या नहुने त्यो चाही पक्का भइसकेको छैन l तर चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् । वैशाखबाट छायाङ्कनमा जाने तयारी निर्देशक गुरुङले गरी रहेका छन् l भने हाल उनी चलचित्रको कथा लेखनमा ब्यस्त छन् l