कोरोनाको त्रास हो या चलचित्रलाई पब्लिसिटी नगर्ने सोच l पछिल्लो समय थुप्रै निर्माताहरुले गुपचुपमै चलचित्रको घोषणा गर्ने र छायाङ्कन पनि भित्रै भित्रै l आगामी चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन पनि यसरी नै सुरु भएको छ l प्रेम कथामा आधारित रहने यस चलचित्रलाई अर्विन्द राज गुरुङले निर्देशन गर्दै छन् । कलाकार बुद्धि तामाङ र नायिकाद्दय रिश्मा गुरुङलाई राखेर l अर्विन्द राज प्रोडक्शन र आनजिग प्रोडक्शन युकेको सहकार्यमा निर्माण हुने चलचित्रमा निरमे प्रोडक्शन कुवेत र सुप्रिया तामाङको पनि निर्माणमा सहयोग रहनेछ । चञ्चल थापाले चलचित्रको छायाङ्कन समावेश छ l बुद्धि र रिश्माको अलावा चलचित्रमा गौरव मल्ल,रिकजंग दोर्जे भुटिया र यान्की याल्मोको अभिनय रहने छ l ‘कबड्डी’ पस्चात अन्य चलचित्रमा नदेखिएकी रिश्माले दोश्रो पटक यसै चलचित्र बाट बुद्धि तामाङ सँग सहकार्य गर्न लागेकी हुन् l