अभिनेत्री वर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । २७ वर्ष पार गरी २८ मा टेकिकी वर्षाले मोडेल बाट अभिनय क्षेत्रमा पाइला टेकिकी हुन् l नेपाली विकिपिडिया अनुसार उनको जन्मदिन ६ अप्रिलमा परेको छ ।  । वर्षाले चलचित्र "नाइँ नभन्नु ल २" (सन् २०१४) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। सन् २०१६ मा, उनले सामाजिक व्यङ्ग्यात्मक चलचित्र पशुपति प्रसाद मा अभिनय गरिन् l वर्षा पछिल्लो समयकी चर्चित अभिनेत्रीमा गनिन्छिन् । उनका हरेक चलचित्र दर्शकले निकै नै रुचाएका छन् । बर्सेनि जस्तै पशुपतिनाथको मन्दिरमा पूजा गरी आफ्नो जन्मदिनको सुरुवात गर्ने उनी यस पटक पनि पशुपतिनाथ बाट दर्शन गरेर आफ्नो जन्मदिनलाई विशेष बनाएकी छिन l। उनको जन्मदिनको अवसरमा सामाजिक सञ्जाल मार्फत उनका शुभचिन्तकले शुभकामना दिइरहेका छन् ।वर्षाले पशुपति ‘प्रसाद, गाँजा बाजा, पुरानो बुलेट, वीर विक्रम २, टुल्की, लप्पन छप्पन, भैरे’ लगायत चलचित्रमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय वर्षा सामाजिक कार्यमा निकै सक्रिय बनेकी छिन् । जस कारण उनको चर्चा दिनप्रतिदिन बढ्दो क्रममा छ l सिने पाटी टिमको तर्फबाट वर्षा सिवाकोटीलाई जन्मदिनको शुभकामना !!!