केही समय अघि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको सामाजिक सन्जाल फेस्बूक ह्याक भएको थियो l उक्त समय उनका नजिकका मित्र दीपक राज गिरीले सो कुरालाई आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका थिए l ती ह्याकरले फेस्बूक ह्याक गर्दै साथीहरूसँग पैसा माग गरेको थिए l   दीपाले फेस्बूक ह्याक गर्ने विरुद्ध महानगरीय परिसरमा निवेदन दर्ता गरेकी थिइन l निवेदन दर्ता गरेको केही समय नबित्दै फेस्बूक ह्याक गर्ने पक्राउ परेका छन् l प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो l  सोमबार बालकलाई जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो। पक्राउ गरेको खबर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका हुन् l