अभिनेत्री एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’छोडेपछि अभिनेत्री लक्ष्मी बर्देवालाई चलचित्रमा अनुबन्धित गराइएको थियो l लक्ष्मीलाई राखेर केही दीन अघि चलचित्रको शुभमुर्हत पनि निर्देशक दीपक श्रेष्ठले गरेका थिए l यो फिल्मको सुटिङ शुक्रवारबाट सुरु हुने जानकारी गराइएको थियो । तर उनले पनि चलचित्र बाट हात झिकेकी छिन् । ‘घिन्ताङ’बाट हात झिक्ने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । डेट जुधेको कारण बर्देवाले ‘घिन्ताङ’छोडेको बताइएको छ l यस चलचित्र अगावै उनले अर्को एक नयाँ चलचित्र साइन गरेकी थिइन l चलचित्रले अन्तरजातीय प्रेम विवाहको कथालाई भन्नेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मूल्य’ कथामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको प्रस्तुतकर्ता राज लामा हुन् ।