अभिनेता विपिन कार्की र स्वस्तिमा खड्कालाइ राखेर निर्माता माधव वाग्ले नयाँ चलचित्र निर्माणको तयारी गरी रहेका छन्। "विवेक" निर्माण गर्न लागेका वाग्लेले चलचित्रको पोस्टर सार्वजनिक गर्दै अडिसनको लागी आह्वान पनि गरेका छन्। मंगलवार साँझ उनले आफ्नो सामाजिक सञ्जालमा चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेका हुन l जसमा अभिनेता विपिनलाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनी निराश मुद्रामा देखिएका छन् ।
मधेसी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन गर्न लागिएको हो। प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने "विवेक"मा तराइ क्षेत्रको कथा प्रस्तुत गर्ने वाग्लेले जानकारी गराएका छन्। लेकनाथ कोइरालाको लेखन रहेको चलचित्र नेपाली, मैथिली र भोजपुरी ३ भाषामा निर्माण हुनेछ । जेठपछि फ्लोरमा जाने चलचित्रको हाल स्क्रिप्टमा काम भइरहेको छ । यसो त केही समय अघि माधवले चलचित्र "हिमानी" निर्माण गर्ने घोषणा पनि गरेका थिए।