अभिनेत्री एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’छोडेपछि अभिनेत्री लक्ष्मी बर्देवालाई चलचित्रमा अनुबन्धित गराइएको थियो l लक्ष्मीलाई राखेर केही दीन अघि चलचित्रको शुभमुर्हत पनि निर्देशक दीपक श्रेष्ठले गरेका थिए l तर पछि उनले पनि चलचित्र बाट हात झिकिन् l ‘घिन्ताङ’बाट हात झिक्ने लक्ष्मी दोस्रो अभिनेत्री हुन् ।दुई जना अभिनेत्रीले चलचित्र बाट हात झिके सँगै उनले अर्का अभिनेत्रीलाई ‘घिन्ताङ’मा अनुबन्धित गराएका छन् l केकी अधिकारीलाई चलचित्रमा अनुबन्धित गराएका हुन् l वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने निर्देशक दीपकले बताएका छन् । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिँदै छन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मूल्य’ कथामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको प्रस्तुत कर्ता राज लामा हुन् ।