कलाकारदय नाजिर हुसेन ‘लेबल ब्रान्ड’सँग जोडिएका छन् । गत बुधवार काठमाण्डौमा कार्यक्रममा आयोजना गर्दै नाजिरलाइ एक वर्षको लागी ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको हो l ‘लेबल ब्रान्ड’का प्रमुख केपी पराजुलीले नाजिरलाई एम्बेस्डरमा नियुक्त गर्नुको कारण हुसेनको लोकप्रियता देखेर नै लेबल सँग जोडेको बताएका थिए l साथै नाजिरले यो ब्रान्डका उत्पादनहरू उत्कृष्ट लागेपछि जोडिएको र  आफूले सक्दो ‘लेबलको उत्पादनहरूलाई प्रमोसन गर्ने पनि प्रतिबद्धता जनाएका थिए। फेशन र पहिरनको प्रश्नमा आफूलाई अनमोल मनपर्ने उनको भनाइ थियो lचलचित्र ‘राज्जा रानी’को प्रिमियरमा आफूले सबैभन्दा महँगो ड्रेस लगाएको नाजिरले उल्लेख पनि गरेका थिए l भने आफूलाई विश्वका चर्चित फेसन डिजाइनर  प्रबल गुरुङको डिजाइनमा पहिरन लगाउन मन लागेको कार्यक्रममा बताएका थिए l