अभिनेता भुवन केसीले चलचित्र ‘माइतीघर २’ निर्माण गर्ने भएका छन् l सन् १९६६ मा प्रदर्शन सुपर हिट चलचित्र माइतीघरको दोश्रो सिक्वेल निर्माण गर्न लागेको उक्त चलचित्रमा अनमोलको मुख्य भूमिका रहने छ l दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रको प्रीक्वेलमा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा थिए ।निजी क्षेत्रको लगानीमा चलचित्र निर्माण भएको थियो l चलचित्रलाई स्वर्गीय बि।एस।थापाको निर्देशन रहेको थियो l यसमा चाहिँ सुबोध चोपडाले निर्देशन गर्दै छन्न l हाल यो टिम अभिनेत्रीको खोजीमा रहेको बुजिएको छ l साथै भुवनका अन्य दुई चलचित्र एन्टी हिरो र पारस पेन्डिङमा छ l