हिजो भएको नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्षमा वैकुण्ठराज पराजुली विजयी भएका छन् । ३ सय ९९ मत ल्याएर बिजयी भएका पराजुलीको प्रतिस्पर्धीमा धनबहादुर बहादुर खड्का उठेका थिए l खड्काले २ सय ७५ भोट पाएका थिए l खड्कालाइ १२४ लामो मतान्तरले पराजित गर्दै वैकुण्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यसै गरी उपाध्यक्षमा श्री हरी थापा, महिला उपाध्यक्षमा पवित्रा मुडभरि महासचिवमा रोयल आचार्य निर्वाचित भएका छन् । यसै गरी सचिवमा धर्मेन्द्र ओझा, समावेशी सचिवमा योगेश खपाङ्गी, कोषाध्यक्षमा डा. ध्रुव कुमार तुलाधर र सदस्य तर्फ बाट विकास कार्की र कृति भट्टराई विजयी बनेका थिए l