नायिका रञ्जना शर्मा विवाह गरेकी छिन् l कुनै समयकी चर्चित अभिनेत्री रहेकी शर्मा लामो समय देखी अमेरिकामा बस्दै आएकी छिन् l अमेरिका रहँदै आएकी रञ्जनाले प्रेमी निकेश सिलवालसँग कानुनी विवाह गरेकी हुन् । व्यापार व्यवसायमा व्यस्त रहेका निकेश सिलवाल पनि अमेरिकामानै बस्छन् l बिहेपछि रञ्जनालाई शुभकामना दिनका लागि नेपाली चलचित्रका कलाकारहरू दिलीप रायमाझी,निर्देशक सुरेश दर्पण पोखरेल, नायिका अरुणिमा लम्साल, सारांगा श्रेष्ठ लगायतको उपस्थिति थियो l एक वर्ष देखीको प्रेमलाई विवाहमा परिणत गरेकी रञ्जनाले केही समय अघीनै आफ्नो सामाजिक सञ्जालमा आफू प्रेममा रहेको बताएकी थिइन l केही समयपछि हिन्दु परम्परा अनुसार यी जोडीले बिहे गर्ने सुरेश दर्पण पोखरेलले जानकारी गराएका छन् ।रञ्जनाको यो दोश्रो बिहे हो l यस अघि निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जनाले एक आपसमा असमझदारी बढेको कारण भट्टराईसँग सम्बन्ध विच्छेद गरेकी थिइन l‘मर्यादा, मौसम, बदमास, तिमी मेरी हौँ, कन्यादान, सलाम छ मायालाई, वीरताको चिनो’ लगायतका नेपाली चलचित्रमा शर्माले अभिनय गरेकी छिन् ।