देशका अभिभावक सम्मानिय प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको शब्द रचना रहेको गीत सार्वजनिक भएको छ l  ‘म त भाग्यमानी’ बोलको रहेको गीतमा आवाज शिशिर योगीले दिएका छन् l गीतमा लय सिर्जना पनि गायक स्वयमकै रहेको छ l भिडियोलाई वीरेन्द्र भाट्ट विपिनले निर्देशन गरेका छन् l महेश महराले खिचेको भिडियोलाई लोकेश भाट्टले सम्पादन गरेका हुन् l भिडियोलाई गायक शिशिरकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l