कोरोनाको दोश्रो लहरले बिस्तारै लयमा फर्की रहेको सिनेमा उद्योगलाई फेरी सुकाइसक्यो l साना ब्यानरका केही सिनेमा प्रदर्शनमा आउँदैमा सिनेमा क्षेत्र चलायमान भयो भनेर भन्न मिल्दैन l नेपाली सिनेमा हललाइ चलाउन कि विदेशी सिनेमालाई नै चलाउन पर्छ नत्र त ठुला ब्यानरका नेपाली सिनेमालाई l तर ठुला ब्यानरका नेपाली सिनेमा त अहिले चल्दैनन् ,करोडौँ खर्च गरेर सिनेमा बनाएपछि पैसा उठाउन त पर्यो l उता सिनेमा हल सुकी सक्यो यता ठुला ब्यानरका नेपाली चलचित्र जोखिम मोल्न चाहँदैनन् l दर्शक नै न आएपनी सिनेमा हल खुला छ भनेर देखाउन र सुनाउन भएपनी साना ब्यानरका चलचित्रलाई ठाउँ दीरहेका छन् l कुरा गरौँ आज बाट प्रदर्शनमा आएको सिनेमा 'श्री" को l एभरेस्ट बोहराको निर्देशन रहेको सिनेमा आज बाट देश भरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ l ‘श्री’ मा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बाल कलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।एभरेस्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको सिनेमाको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना सहित छायांकन गरिएको थियो ।सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् । ‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’ सिनेमा निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन् । सिनेमाको वितरक जिम्मा जिजिए ग्रुपले लिएको छ l यो सिनेमाले कोरोनाका कारण थला परेको सिनेमा उद्योगको श्रीवृद्धिमा ‘श्री’ ले ठुलो योगदान गर्ने विश्वास लिएको वितरकले बताएका छन् l