अभिनेता विपिन कार्की नयाँ चलचित्रमा अनुबन्धित भएका छन् l लाल मोहन जी नामक चलचित्रमा अनुबन्धित भएका विपिनको यस चलचित्रलाई सम्राट् बस्नेतले निर्देशन गर्ने भएका हुन् l आर. रोसफी फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । प्रवेश पौडेलको कथा तथा पटकथा रहेको चलचित्र लालमोहन जी सस्पेन्स-कमेडीमा निर्माण हुने छ l चलचित्रको संवाद आकाश बरालले तयार पारेका हुन् । जेष्ठको पहिलो साता बाट फ्लोरमा जाने तयारी गरेको चलचित्रमा विपिनको अलावा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुस्मा कार्की र सुभाष मेचेको अभिनय रहने छ l भने, चलचित्रको मुख्य हिरोइनको भने निर्माण टिम खोजी रहेको छ l चलचित्रमा सन्तोष राजको संगीत, नीरज कँडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन रहनेछ । चलचित्रको छायाङकन नेपालमा हुनुका साथै विदेशमा पनि हुने निर्देशक बस्नेतले जानकारी गराएका छन् l चलचित्रलाई आउँदो वर्षको तिहार छेकोमा रिलिज गर्ने योजनामा निर्माण टिमको  छ ।