कोरोना भाइरसको दोश्रो लहर देखिएसँगै सरकारले कार्यक्रम सभा भेला हुन रोक लगाएको थियो । भारत लगायत अन्य देशहरूमा कोरोना फैलिएपछि त्यतैको त्रासमा नेपालको छाया पनि परेको छ l दोश्रो लहरको त्रासको कारणले पनि देशमा लकडाउन हुने साथै व्यापार व्यवसाय , विद्यालय, सिनेमा हल् लगायतका व्यवसायहरू बन्द हुने सम्भावना बढ्दो छ l अन्य व्यवसायहरू आफ्नो लयमा फर्की सकेको छ l तर सिनेमा हलहरू भने पौष २६ बाट सञ्चालनमा ल्याए पनि आफ्नो गति समाउन सकेको छैन l थचारिएको सिनेमा हल उठन गाह्रो हुने अवस्था रहँदा रहँदै पनि स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिस पठाएको छ । सीसीएमसीको आज बस्ने बैठकले यो विषयमा निर्णय गर्ने बताइएको छ ।यदि बन्द भई हाल्यो भने, पहिले नै थचारिएको सिनेमा हलको अवस्था अब के होला ?