राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याएकोमा जनसेवा श्री चतुर्थ श्रेणी मानपदवी यो वर्षको विभिन्न कलाकारलाई प्रदान गरिएको छ l संविधान दिवसको अवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारी द्वार उक्त सम्मान अभिनेता निखिल उप्रेती र अभिनेत्री श्वेता खड्कालाइ प्रदान गरिएको हो l हरेक वर्ष आयोजना हुने जनसेवा श्री पदक नेपाल राष्ट्रको गौरव एवं जनताको हितको लागी उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई उक्त सम्मान प्रदान गरीने गरिन्छ l नेपाल सरकारको नियम बमोजिम पाँच प्रकारका जनसेवा श्री पदक हुने गर्दछन् ।

कस्तो हुन्छ प्रवर जनसेवा श्री मानपदवी ?

 

यस मानपदवीको प्रतीक समूहमा मण्डन र पट्टिका हुनेछन् ।

(क) मण्डन : यो मण्डनको अग्र भाग अष्टकोणयुक्त हुनेछ । यसको व्यास ७ सेन्टिमिटर को हुनेछ ।  चार वटा कोणहरूमा सात–सात वटा चाँदीका किरणहरू हुनेछन् । चार वटा कोणहरूमा तीन–तीन वटा चार पाटे चाँदीका किरणहरू हुनेछन् ।

 

किरणहरूको मध्य भागमा ३.६ सेन्टिमिटर व्यास भएको बाहिरी वृत्त र २.४ सेन्टिमिटर व्यास भएको भित्री वृत्त हुनेछन् ।

 

बाहिरी वृत्तभित्र रातो मिनामा वृत्तको माथिल्लो भागमा यस मानपदवीको आदर्श वाक्य “सेवा नै परम धर्म” र तल्लो भागमा यस मानपदवीको नाम “जनसेवाश्री” लेखिएको हुनेछ ।

 

मध्य भागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झन्डा अंकित हुनेछ । यो मण्डन पट्टिकाको साथमा लगाइनेछ ।

 

(ख) पट्टिका : पट्टिका : पट्टिका : रेसमले बनेको यो पट्टिकाको चौडाइ ३.८ सेन्टिमिटर हुनेछ । बिचमा पहेँलो, पहेँलोको दायाँबायाँ रातो र रातोको दायाँबायाँ सेतो धर्काहरू र दुवै किनारामा निलो धर्काहरू हुनेछन् ।

 

संविधान दिवसको अवसरमा पदवी पाउने सम्पूर्ण कलाकार तथा अन्य क्षेत्रका सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक बधाई एवं शुभकामना ।