चलचित्र "हामी तीन भाइ" को अनौपचारिक घोषणा गरिएको छ। चलचित्र टिमले हामी तीन भाईको टाइटल सहित सिनेमाका केही मुख्य कलाकारहरूको तस्बिर सार्वजनिक गरेको छ l जसमा सलोन बस्नेत , शिशिर राणा र चलचित्रका अन्य टिमहरू देखिएका छन् l मधुसूदन भट्टराईको निर्देशन चलचित्रमा रहने छ l प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र हामी तीन भाइ लाई साजित महतले निर्माण गर्ने भएका छन्। साथै,चलचित्रका कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् l चलचित्रको छायांकन नरेन्द्र कुमार सिंह ,द्वन्द हिमाल केसीको रहने छ l सलोन र शिशिरको अलावा चलचित्रमा विकास चापागाईँ , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य कलाकारहरूको छनोट हुन बाकि रहेको छ। पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने" हामी तीन भाई " डेढ दशक अगाडी स्व शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको सिक्वेल भने होइन l जसमा अभिनेता राजेश हमाल ,नन्दिता केसी ,निखिल उप्रेती ,झरना थापा ,स्व श्रीकृष्ण श्रेष्ठ , रेखा थापा , स्व केशव भट्टराई लगायतको अभिनय रहेको थियो l