सलीन मगरको आवाज ,शब्द, लय सिर्जना र संगीत संयोजनमा गीत "म तिम्रै" सार्वजनिक भएको छ । केन्द्र मोसन्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् । बिकेश मगरको छायांकन ,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ । किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।