अभिनेत्रीद्धय वर्षा राउत, रियासा दाहाल र नम्रता सापकोटाले नयाँ जिम हाउसको उद्घाटन गरेका छन् ।विशेष गरी महिलाहरूका लागि मात्र सञ्चालन ल्याइएको फिटनेस हाउसको उद्घाटन गर्न गत आइतबार कान्तिपथ पुगेका कलाकारहरूले रिबन काटेर फिटनेशनको उद्घाटन गरेका थिए । यसको सञ्चालिका सवाना खातुनको अनुरोधमा फिट्नेस हाउसमा पुगेकी वर्षा राउतले मानिस शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि फिट हुनुपर्ने बताइन् । वर्षाले आफू मोटाए पनि वा दुब्लाए पनि आलोचना गर्नेहरू नरोकिने भन्दै खुसी हुन सक्नुपर्ने बताइन् ।यस्तै रियाशा दाहालले जिम दुब्लाउनकै लागि मात्र जानुपर्छ भनेर सोच्न नहुने बताइन् । उनले, महिलाका लागि मात्र जिम खुल्दा व्यायम गर्न अझै सजिलो हुने प्रतिक्रिया दिइन् ।साथै नायिका नम्रता सापकोटाले पनि जिममा पुग्दा मानिसलाई फ्रेस हुने बताइन् । उनले भनिन्–‘कलाकार भैसकेपछि कहिलेकाहीँ निकै तनाव पनि झेल्नुपर्छ । सबैतिर सोच्नुपर्ने हुँदा फ्रेस हुने ठाउँ चाहिन्छ । यसैले, आफूलाई समय मिलेको खण्डमा जिममा पुग्दा शारीरिक र मानसिक रूपमा फ्रेस हुने गरेको बत्ताएकी थिइन ।