निर्देशक शोभित बस्नेतको निर्माण रहेको चलचित्र ‘डाँडाको वरपीपल’ मा अभिनेत्री रुविना थापाको प्रवेश भएको छ l यो चलचित्रको छायांकन वैशाखको २२ गतेबाट सुरु हुँदै छ । चलचित्र ‘लभ डायरीज’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री थापाले नयाँ र दोश्रो चलचित्र‘डाँडाको वरपीपल’ साइन गरेकी हुन् बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण रहने चलचित्रको छायाङ्कन स्थल काठमाडौँ, कालाबाङ, पूर्व र से फोक्सुन्डोलाई तय गरिएको छ । शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहराजको चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा रुविनाले नायक सलोन बस्नेतसँग रोमान्स गर्दै छिन् । चलचित्रको कथा रामकाजी घिमिरेको रहेको छ l ७५ दिनको छायांकन सेड्युल रहेको ‘डाँडाको वरपीपल’मा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन समावेश गरिएको छ l