चलचित्र ‘चुरीफुरी’ आगामी वर्षको असोज १ गते प्रदर्शन हुने भएको छ ।  ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति बारे निर्देशक स्वयमले सामाजिक सञ्जालमा  फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषण गरेका हुन् । हास्य कलाकारहरूको जम्बो टोलीलाई एउटै स्क्रिनमा उतारेका ऋषिले चलचित्रको पोस्टरमा मुख्य कलाकारहरूलाई देखाइएको छ l आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक आचार्यलेनै  लेखेका हुन् l साथै उनी  यस चलचित्रका निर्माता पनि हुन् l भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रको गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । रिना ढकाल निर्माता रहेको चलचित्रको  सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्रलाई राहुल राईले खिचेका हुन् l  चलचित्रमा  रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् l भने "चुरीफुरी" बाट    अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गरुङ डेब्यू गर्दैछन् ।