स्वदेश सँगै विदेशमा पनि हुँदै आइरहेको  ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेष्ठ २२ गते पोखरामा  हुने भएको छ l यस अघि मार्च १५ मा गर्ने भनिएको सो, कोरोनाका कारण पछि सरेको थियो lकेही दिन अघी काठमाडौँको मिट एन्ड ग्रीटमा ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को लागि  कार्यक्रम आयोजना गरिएको थियो l उक्त कार्यक्रममा  दुबई, युरोप र अष्ट्रेलियामा समेत सभ्य र भव्य साथ आयोजना हुँदै आइरहेको फेशन सोले नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको सञ्चालक सन्तोष अधिकारीले बताएका थिए l अधिकारी नेपाली चलचित्रका निर्माता पनि हुन् l उनको सह-निर्माता रहेका चलचित्र ‘आमा, घर’ रिलिज भैसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ । कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, संन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो l कोरोनाको दोश्रो लहरका कारण गति लीरहेको चलचित्र क्षेत्र फेरी सुक्ने भएपछि चुनौती मोल्दै कार्यक्रम गर्न लागेको सो सञ्चालकहरूले बताएका छन् l कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा उत्कृष्ट कार्यक्रम गरिने भएको हो l