महाराष्ट्रको औरंगावादमा आयोजित गरिएको रील्स इन्टरनेशनल फिल्म फेस्टिभल-२०२१ अन्तर्राष्ट्रिय अवार्ड बाट निर्देशक सन्तोष सेन पुरस्कृत भएका छन् l  उनको निर्देशनमा बनेको ‘निदाऊ के सपनामा…’ गीत बाट उनलाई पुरस्कृत गरिएको हो । हाल सेन चलचित्र "प्रेम गीत ३" को कार्यमा व्यस्त छन् l   वेस्ट निर्देशक अवार्ड बाट सम्मानित भएका सेनले आफूले उक्त अवार्ड पाउँदा आफूलाई विश्वास नलागेको उनको भनाइ छ l आफूले पाएको सम्मानलाई सामाजिक सन्जाल पोस्ट गर्दै उनले सो अवार्ड सँगै आफ्नो टिमको बारेमा केही कुराहरू व्यक्त गरेका छन् l 

शेन लेख्छन: अन्तर्राष्ट्रीय म्युजिक अवार्ड मेरो नाममा आउदा झसंग भए.. नेपालको धेरै अवार्ड प्रति को अविश्वासले विगत ६ वर्ष देखी टाढा थिए .. अवार्ड पाउने बेला भन्दा पनि नोमिनेसन मा अशली सिर्जना नपर्दा भड्केको थियो मेरो मन .. कहिले मोह पनि भएन खाली दर्शकको स्यावासीलाई सबैभन्दा ठुलो अवार्ड सम्झि दर्शक सामु रामाउदै आफ्नो गन्तव्य कोर्दै हिड्दै थिए एक्कासी हाम्रो आसुसेनको अर्ट तर्फको निर्देशक बिनोदजी ले यो सम्मान पत्र पठाउनु भयो विश्वास लागेको थिएन .. तर होईछ ...मेरो निर्देशनमा बनेको पहिलो सांगितिक प्रेम कथा..“निदाउकी सपनीमा” जुन REELS INTERNATIONAL FILM FESTIVAL बाट मिलेको सम्मान (award ) रहेछ .. बिनोद जि तपाईं ले कुन बेला आवेदन दिनु भएको थियो आज यो सम्मान मिल्यो .. यो अवार्ड,सम्मान भन्ने कुरा यदी सृजनाशिल कला सम्मानको लागी गरिएको हो भने न चाकरी,सम्बन्धले रोक्यो न सिमानाले रोक्यो नत स्थलमा नै पुग्नु पर्यो.. .. यो प्रोजेक्ट मा जोडिनुहुने मेरो सबै टिमलाई पनि भारी सम्मान छ .. 
   “हामी सबैको जम्बो परिश्रम त्याग को प्रणाम “प्रेम गीत ३”  अर्को कोशेढुंगा सावित हुनुपर्छ भनेर हामी अहिले सम्म अहोरात्र लागिरहेका छौ यसरी नहीं साथमा साथ, हातमा हात मिलाई अगाडी बढ्ने छौ .. हजुरहरुले आशीर्वाद दिदै गर्नुहोला.. लब्यु अल्ल ”