पछिल्लो समय सिने क्षेत्रमा अभिनेता पुष्प खड्काको माग बढ्दो छ l अभिनय सँगै लूक्समा पनि फिट रहेका पुष्पलाई चलचित्रमा लिन निर्माता निर्देशकहरू लालायित पनि छन् l हालै "कृष्ण लीला र तिम्रो मेरो साथ’को छायाङ्कन सक्काएर बसेका पुष्पलाई आगामी चलचित्रको पनि अफर आएको भन्ने बुझिएको छ l संगीतकार शम्भुजित बास्कोटाले निर्माण गर्न लागेको चलचित्रमा पुष्प देखिँदै छन् भन्ने गाइँगुइँ हल्ला यती बेला बजारमा चल्न थालेको छ l अभिनेता फाइनल भएता पनि अभिनेत्रीको भने खोजी भइरहेको छ l  पुष्प र शम्भुजित बिच एक चरणमा कुरा भैसकेपनि सम्झौता भने भएको छैन l शम्भुजितकै कथा रहेको चलचित्रको छायांकन असारबाट सुरु हुने छ l चलचित्रको कथावस्तुले सोलुखुम्बुका बासिन्दा र त्यहाँको परिवेशको कथा भन्ने बुझिएको छ ।