नेपाली सिने क्षेत्रकी सुन्दर र भलाद्मी नायिकाको रूपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको  बर्शौ बढी भैसकेको छ । 'झोला' बाहेकका अन्य सिनेमाहरूमा करिअर चम्काउनुको साट्टो झन् फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाढ्य नेपाली युवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् । उनै गरीमा अब चाडै नै आमा बन्ने भएकी छिन् l सामाजिक सन्जाल इन्स्टामा श्रीमान हरि शर्मा सँग तस्बिर राख्दै क्याप्सनमा "सृस्‍टिबाट सृस्‍टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश" भनेर लेखेकी छिन् l   पन्तको कमेन्टमा उनका शुभचिन्तकहरूले  बधाई दीरहेका छन् l 'झोला'बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा 'गरी सुमी' नामको एक रेस्टुराँ समेत खोलेकी छिन्  l