अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छिन् l केही वर्ष अघि मात्रा दिपेक्ष राणासँग लगन गाँठो कसेकी शर्माले आफू आमा बन्न लागेको खबर सामाजिक सन्जाल मार्फत व्यक्त गरेकी हुन् l वर्ष २०७८ को आगमन सँगै श्रीमान् दिपेक्ष राणासँग तस्बिर राख्दै खुसी व्यक्त गरेकी छिन् l साथै आमा बन्दाको आफ्ना भावना समेत राखेकी छिन् ।

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरूको धड्कन म भित्र प्यारो आभास भइरहेको छ । आज तपाईँहरू माझ यो खुसी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ । एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजिवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैँ बनिरहोस् भन्ने तपाईँहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई !”