यस वर्ष निफ २०२१ मा तीन नेपाली चलचित्रले प्रतिस्पर्धा गर्दै छन् l महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौँमा आयोजना हुनेछ ।नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘नीफ’मा चलचित्र लाटोकोसेरो , सरिता ११ वर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएका हुन् l उत्कृष्ट चलचित्रले एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् । साथै कोरोनामा आधारित रहेर बनेका चलचित्रहरूलाई भने अलग्गै क्याटागोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ । यस्ता चलचित्रले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । सर्वोकृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत् रूपमा प्रदान गरिनेछ । निफमा ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो l भने अब निफमा ६६ फिल्म देखाइने छन् । महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको छ ।