कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज "इ ओ जी" इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ l सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ l जसमा राज न्यौपाने ,घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ l प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा संगीत सापकोटाले लेखेका हुन् l सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ l महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको "इ ओ जी"रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् l सिरिजको प्रदर्शन मिति केही समय पछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ l