केही समय अघि अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वातामा महानायक राजेश हमाल बारे बोल्दा एक्दमै आलोचित भएको थिन् l उनले बोलेको उक्त शब्द सामाजिक सञ्जालमा भाइरल भयो l साथै, दर्शकहरूले थुप्रै ट्याग दिए , त्यो पनि नकारात्मक l सोही समय उनी कलाकार जितु नेपालको सो मुन्द्रेको कमेडी क्लब बाट बाहिरीन् l आलोचना भइरहँदा सो बाट बाहिरिएकी निरौलालाई झन् त्यसै माथि आगोमा घिउ हाले सरह भयो l दिपा अर्थात् छक्का पन्जा टिमको जितु सँग सम्बन्ध चिसियो भन्ने खबर सिने क्षेत्रमा चल्न थाल्यो l थुप्रै समाचारहरू सम्प्रेषण पनि हुन थाले l भित्री रूपमा यी दुई बिच के भयो थाहा छैन तर बाहिर पनि सम्बन्ध बारे केही बोलेका थिएनन् l दर्शकले पनि अड्कल काटी सकेका थिए l अब एक अर्का सँग काम गर्दैनन् भनेर l तर यो कुरालाई उक्त टिमले पनि घुमौरो पारामा उत्तर दिएका छन् l   

आज निर्देशक तथा कलाकार दीपक राज गिरी र शिवहरि पौडेलको जन्मँदिन l ‘रेडियो अडियो’ मा जन्मदिनको मनाइरहँदा कलाकार दीपकराज गिरीले आफूहरू बिच सम्बन्धमा चिसोपना नआएको बताएका छन् l साथै,आफूहरूको टिम सधैँ रहन्छ भनेर सोच्न पनि नहुने बताए । जितु नेपाल र हामीबिचको सामिप्यतामा कमी छैन । व्यावसायिक कुरा एकातिर छ । हाम्रो टिम अमर बुटी लिएर आएको टिम पनि होइन । यो संसारका कुनै पनि कुरा स्थायी हुँदैनन् । यसैले, हाम्रो टिमबाट कोही पनि मानिस जानु भयो भने त्यसको कुरा काट्दै हिँड्ने बानी पनि हाम्रो छैन ।’छक्का पन्जा ४ मा जितुजी हुनु भयो भने पनि आश्चर्य नमान्नु होला । अहिले हामी चलचित्रमा कलाकार को राख्ने भन्ने स्थितिमा पुगिसकेका छैनौँ । जितुजी हाम्रो टिममा नै हुनु भएन भने पनि छक्का पन्जा ४ मा खेल्नुहुन्छ ।’

यस्तै अर्का कलाकार शिव हरि पौडेलले भने कोही फुटेको र कोही जुटेको भनेर गलत रूपमा बुझ्न नहुने बताए । उनले भने–‘मैले लक्का जवान निर्देशन गर्दै दीपकको टिमसँग फुट्यो भनेर गलत बुझाई भयो । तर, यस्तो होइन । हामीले जसरी काम गरे पनि हामी एकसाथ नै छौँ ।’