गायिका देवी घर्ती मगरको आवाजमा गीत "मुटुको टुक्रा" सार्वजनिक भएको छ l जेबी क्रिएसनको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको रचना जोती गुरुङको र लय सिर्जना सुरज लामिछानेको रहेको छ l निर्देशक कुशल श्रेष्ठको भिडियो निर्देशन छायांकन, सम्पादन, परिकल्पना रहेको भिडियोमा नवीन निरौलाको कलरिगं समावेश छ l  काव्या श्रेष्ठ, अंनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र  इभा सिंह ठकुरीको अभिनय भिडियोमा देख्न सकिन्छ । एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरूप भिडियो पस्किएकी छिन् । भिडियोमा ज्योति स्वयमकै अभिनय रहेको छ ।