युट्युब चलाउनेहरूलाई गाली गर्ने नेपाली कलाकारहरू पछिल्लो समय आफैँ युट्युबमा रम्ने गरेका छन् l युट्युबर मन् पर्दैन भन्दै युट्युब चलाउनेहरूलाई केही कलाकारहरूले युट्युबे जस्ता शब्द प्रयोग गरी युट्युबकै अन्तर्वातामा पनि खोके l यसै पनि कलाकारहरूलाई आफू के बोल्दै छु भन्ने ठेगान् नै हुँदैन l युट्युबको ट्याग मन् नपराउनेहरु अहिले आँफैनै उक्त ट्यागको भोगी भइरहेका छन् l नघुमाई भन्ने हो भने यसमा पर्छिन् अभिनेत्री ऋचा शर्मा l "ऋचा शर्मा" अफिसियल युट्युब च्यानल खोलेकी छिन् उनले l जसमा हामीले उनको केही भिडियोहरू हेर्न सक्छौ l शर्माले बायोमा पनि यूट्युबर भनेर राखेकी छिन् l
केही समय अघि युट्युबरको खेदो खन्ने गरेकी उनी आफैँ अहिले सामाजिक सञ्जालको बायोमा युट्युबर भनेर निर्धक्क साथ राखेकी छिन् l शानका साथ उक्त ट्याग बायोमा राखेकी ऋचालाई हेर्ने हो भने ! लाग्न सक्छ,उनले युट्युबरको बारेमा केही बोलिन् र ? भन्ने प्रश्न मस्तिष्कमा खडा हुन्छ l युट्युबरलाई गाली गर्ने अनि आफैँ युट्युबर बन्दा त लाजै मर्दो भएन र ऋचाजी l तर जे होस् युट्युबर ऋचाले ढिलै भए पनि बुझिन होला ? सबै युट्युबर उस्तै हुँदैनन् भनेर l त्यसैले पनि उनलाई युट्युबर बन्न मन् लागेको हुनपर्छ l