गायक अल्मोडा राणा उप्रेतीले "कैले भेट्ने खै १र२" को अपार सफलता पछि गीतको तेश्रो भाग(थोपा थोपा ) बजारमा ल्याएका छन् l गायक उप्रेतीकै शब्द, लय र संगीत संयोजन रहेको गीतलाई एट के एभरेस्ट मोसन्सको पिक्चर्स बाट सार्वजनिक गरिएको छ l भिडियोमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहेको छ l रञ्जित वल्लव उप्रेतीको निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् l चिन्तन राज भण्डारीले भिडियो खिचेका छन् l