निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । चलचित्र ‘एक्स ९’ निर्माण गर्ने घोषणा गरेका भट्टले उक्त खबर सामाजिक सन्जाल मार्फत बताएका हुन् l  नेपालकै सबैभन्दा ठुलो एक्सन र थ्रिलर कथामा आधारित रहने ‘एक्स ९’ मा मल्टी स्टार रहन सक्ने  चर्चा केही समय देखी नै थियो l l महँगो बजेटमा निर्माण हुने यस चलचित्रमा नायक अनमोल केसीलाई शीर्ष भूमिकामा अफर गरिएको छ ।साथमा, चलचित्रका लागि नायक सौगात मल्ल, पुष्प खड्का र कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहने चर्चा छ । तर, अनमोलले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने विषयमा केही पनि बताएका छैनन् ।  मुकुन्द निर्देशित चलचित्र लप्पन छपन २ पनि रिलिजको तयारीमा रहेको छ l अघिल्लो वर्षको चैत्र २७ मा प्रदर्शन हुने भनिएको चलचित्र कोरोनाको दोश्रो लहरको त्रासका कारण पोस्टकार्ड गरिएको थियो l