अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र "चिसो मान्छे" को यती बेला पोस्टप्रोडक्सनको काम भइरहेको छ l मुख्य भूमिकामा रहेकी खड्काको उक्त चलचित्र भित्रैको केही सिनको लूक्स सार्वजनिक भएको छ l चोलीमा पहेँलो पोते सहित स्वस्तिमा तस्बिरमा देखिएकी छिन् l चलचित्रको लेखन, छायांँकन समेत निर्देशक खनालकै रहेको चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्रमा सुभाष भुसालको संगीत छ l
समाजका चिसो पात्रको रूपमा रहेका मानिसको कथालाई पर्दामा देखाउन लागिएको यस् चलचित्र ११ भदौमा रिलिज हुनेछ । चलचित्रको धेरै भाग बाजुरामै खिचिएको छ ।