नेपोटिजम जस्तो घृणित शब्द बाट ट्याग पाएका निर्देशक करण जोहारले चलचित्र ‘दोस्ताना’को सिक्वेलमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्धित गराएका थिए l कार्तिकले चलचित्रका लागि २० दिनको छायांकन समेत गरिसकेका थिए l छायांकन चल्दाचल्दै पनि उनी चलचित्र बाट बाहिरिएका हुन् l एकातिर कार्तिकको डेट नहुनु, अर्कोतिर उनलाई चलचित्रको कथा पनि मन नपर्नु उनले चलचित्र छाड्नुको मुख्य कारण मानिएको छ । तर वास्तविक भने कार्तिकको धर्मा प्रोडक्शन सँग सम्बन्ध बिग्रिएपछि चलचित्रबाट बाहिरिएका हुन् । व्यावसायिक धर्म निर्वाह नगरेको भन्दै धर्मा प्रोडक्शन र यसका प्रमुख करण जोहर उनीसँग रिसाएका छन् । साथै एक अर्कालाई यी दुईले सामाजिक सञ्जालमा पनि अन्फलो गरेका छन् l   सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो